पर्सामा सशस्त्र प्रहरीले रु. २५ लाख बढीको अवैध सामान र सुनका गहना बरामद

पर्सा, १५ कार्तिक ।सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाका विभिन्न स्थानबाट करिब रु. २५ लाख ८८ हजार ९ सय ३ बराबरको अवैध सामान र सुनका गहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नं. १३ गण, पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बैजनाथ चौधरीको नेतृत्वमा खटिएको टोलीले पर्सा वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट रु. १ लाख ५६ हजार ४ सय ५० बराबरको कपडा, सिलौटा र जातो भन्सार छलि ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

त्यस्तै, वीरगंज महानगरपालिका-१४ गण्डकमा सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले रु.१ लाख ४६ हजार बराबरको १४६ के.जी काजु सार्वजनिक सवारी साधनबाट बरामद गरेको छ।

यसैगरी, विशेष सूचनाको आधारमा पर्सा बि.म.न.पा-१६ भन्सार मेनगेटमा यात्रुबाहक बसमा जाँच गर्ने क्रममा भारत पश्चिम बंगालका कार्तिक जना नामका व्यक्तिबाट रु. १४ लाख ७० हजार ३ सय ४३ बराबरका सुनका गहना (१४ थान ढिका तथा अन्य गहना) बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

जिल्ला पर्सा पोखरिया नगरपालिकाबाट रु. १ लाख ७ हजार बराबरका कपडा र वीरगंजको मेनगेट चेकप्वाइन्टबाट रु. ३७ हजार ४ सय ६० बराबरका विभिन्न किसिमका फूलहरू पनि नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, बिन्दवासिनी गाउँपालिका-३ झौवाबाट भन्सार छलि ल्याइएको रु. २ लाक्पा २७ हजार ७ सय ५० बराबरको कपडा र नम्बर प्लेट नभएको स्कुटरमा ल्याउँदै गरेको रु. २ लाख ९३ हजार ९ सय बराबरको मोटर पार्ट्स समेत बरामद गरिएको छ। स्कुटरको भन्सार मूल्याङ्कन रु. १ लाख ५० हजार सहित स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको सबै सामान आवश्यक कानूनी प्रक्रिया पूरा गरी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरि घिमिरेले जानकारी दिएका छन्।

More From Author

मधेश प्रदेश प्रहरी प्रमुखको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न।

नेपालको एसीसी यू-१९ एशिया कप २०२४ टिम घोषणा, वीरगञ्जका रञ्जित कुमारले स्थान सुरक्षित गर्दै वीरगञ्जवासीलाई गर्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *