बिरगंज ,२३ असोज ।
सशस्त्र प्रहरी पर्साले हुन्डिको रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
असोज २२ गते बि.म.न.पा -१६ भन्सार मेनगेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटीएको टोलिले चेकजाच गर्ने क्रममा श्रोत नखुलेको नेपालि रु ३ लाख ५३ हजार र प्रतिबन्धित भारतीय नोट ५०० दरले १७ हजार ५ सय फेला परेको हुँदा भारतको जिल्ला पुर्वि चम्पारण रक्सौल नगर पन्चायत नागा रोड बस्ने बर्ष ५८ को अनिल कुमार रुङ्गटालाई नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालको बिरगंजतर्फ जादै गरेको भारतिय बिआर ०५ एएम २६६४ नंबरको स्कुटरलाई शंकालागी चेकजाच गर्दा उक्त स्कुटरमा सवार अनिल कुमार रुङ्गटाले झोलामा लुकाई छिपाई राखेको श्रोत नखुलेको रकम सहित १ लाख ५० हजार स्कुटर सहीत निज रुङ्गटालाई नियन्त्रणमा लिई बिरगंज भन्सार बुझाएको प्रवक्ता डिएसपी नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।