सशस्त्रका गुल्म बिरगंजका डिएसपी रिजालको कमान्डमा साढे १० लाख बराबरको सामान सहित अटो नियन्त्रणमा ।

बिरगंज ,३० असोज ।

सशस्त्र प्रहरी बल पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु. १० लाख ५७ हजार ३ सय ५५ बराबरको भन्सार छलिका सामान सहित अटो बरामद गरि भन्सार दाखिला गरेको छ।

गुल्मका डिएसपी सुरज रिजालको दोस्रो पारीको दोस्रो महिना चल्दै छ , अहिलेसम्म सम्म डेढ करोड भन्दा बढीका भन्सार छलिका मालसामान गुल्मले बरामद गरिसकेको छ।पहिलो पारीको ६ महिने कार्यकालमा डिएसपी रिजालले १८ करोड भन्दा बढीका अबैध मालसामान बरामद गरेका थिए ।

सोही क्रममा असोज २९ गते जिल्ला पर्साको बिरगंज म.न.पा-१६ भन्सार मेनगेट स्थित बिभिन्न सीमानाकाहरुबाट  गुल्म बिरगंज डिएसपी रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा ना २ ह ३८८७ नम्बरको अटोमा तथा बिभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको रु. ७ लाख  ५७ हजार ३ सय ५५ बराबरको किराना, मोटरपार्टस, कस्मेटिक, मोवाईल एसेसोरीज, कपडा, ईलेक्ट्रोनिक्स र खेलौनाका समानहरु बरामद गरेको सशस्त्रले जनाएको छ।

३ लाख बराबरको अटोको मुल्यांकन गरि अटो र बरामद सामानहरु आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:2730681,”total_draw_actions”:9,”layers_used”:2,”brushes_used”:2,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“draw”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

More From Author

मुंबईबाट न्यूयोर्क जानेको एअर इन्डियाको उडानमा बमको धम्की, दिल्ली एयरपोर्टमा अवतरण

बालेनको कविता- हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *