आजदेखि मनसुनी वायुको प्रभाव बढ्ने, यी स्थान शनिबारसम्म ‘रेड जोन’ मा

आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले अद्यावधिक मौसमबारे जानकारी लिन अनुरोध गरेको छ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना छ। राती कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

More From Author

सर्लाहीमा युवकले गोली हानेर गरे श्रीमतीको हत्या, बुबा पनि घाइते

“बुद्ध एयरद्वारा बिरगंजका रोशन गुप्ता सम्मानित, सबैभन्दा धेरै टिकट बिक्री गरेर नम्बर एक ट्राभल एजेन्ट बने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *