पर्सा जिल्लामा अबैध कपडा लगायतका सामान नियन्त्रणमा, भन्सार कार्यालयमा बुझाइयो
असोज २३, पर्सा — जिल्ला पर्साको बीरगंज महानगरपालिका-१६ नगवा नयाँबस्ति क्षेत्रमा भारतबाट अबैध रुपमा भित्र्याइएका विभिन्न घरहरुमा लुकाइ छिपाइ राखिएको करिब २० लाख रुपैयाँ बराबरको कपडा लगायतका सामग्री नियन्त्रणमा लिइएको छ।
डिएसपी सुरज रिजालको नेतृत्वमा प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले विशेष सूचनाका आधारमा छापा हानी यी सामानहरू बरामद गरेको हो। सामानहरू भन्सार प्रक्रिया नगरी चोरी निकासी गरिएका थिए, जसलाई गुल्मले नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
डिएसपी रिजालले यस अभियानले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधिहरूमा कडाइ गरेको बताउँदै अबैध व्यापार नियन्त्रणमा निरन्तर कडा कदम चालिने बताएका छन्।
अवैध सामानको नियन्त्रणले सीमा सुरक्षामा सुधारको संकेत गरेको छ भने यस घटनापछि थप निगरानी र कारबाहीलाई तीव्र पार्ने योजना रहेको सुरक्षा अधिकारीहरूले जनाएका छन्।