गोरखामा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विशेष पूजा, राजसंस्था पुनःस्थापनासँग जोडेर हेरिँदै

२०८१ चैत ८ – शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन्। शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर पूजा आराधना गरेका थिए। पूजा पश्चात् उनले गोरखा दरबारको अवलोकन समेत गरेका छन्।

जनविश्वास अनुसार गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशिर्वाद प्राप्त भएको थियो। हाल राजसंस्था पुनःस्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाहको गोरखा भ्रमण र पूजालाई विशेष अर्थमा हेरिएको छ।

शाह मन्दिर जानुपूर्व शनिबार बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्‍याली निकालेका थिए। शिवसेना, राष्ट्रिय सरोकार मञ्चलगायतका युवा समूहहरूले शाहको स्वागतमा र्‍याली निकालेका हुन्।

पूर्वराजा शाह आइतबार मनकामना मन्दिर दर्शनका लागि जाने कार्यक्रम रहेको छ। हाल उनी कुरिनटारस्थित रिभरराइड रिसोर्टमा बसेका छन् र आज पनि त्यहीँ बस्नेछन्।

More From Author

काठमाडौँमा सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने गिरोह पक्राउ, ठूलो परिमाणमा चोरीका सामग्री बरामद

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । फाइल तस्बिर ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टी एकीकृत हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *