गोली हानी हत्या पश्चात फरार रहेका मुख्य अभियुक्त पक्राउ :
घट्ना विवरण:-
१, मिति २०८१।०२।३२ गतेशुक्रबारका दिन जिल्ला बारा कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख हरिभुषण कुशवाहालाई जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं.२ खजुरीया भन्ने ठाउँमा निजको आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साझँको १७:१५ बजेको समयमा निजलाई गोली हानी हत्या भएको,
२, उक्त घटनामा संलग्न रहेका जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं. २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहा समेत १७ जना ब्यक्तीहरू एकिकृत भई निज क्याम्पस प्रमुखको गोली हानी कर्तब्य गरी हत्या गरेको,
३, उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको ८ जना पुर्पक्षको लागि कारागार गएका,
४, उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२, गोली थान- ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद गरी अनुसन्धान प्रकृया पुरा गरी सम्मानित जिल्ला अदालतको आदेशले हाल निज ८ जना ब्यक्तीहरु पुर्पक्षको लागि कारागार गएको ।
५, उक्त घटनामा संलग्न भएको भनिएका अनुसन्धानबाट मुख्य अभियुक्त खुलेका तत्कालिन घाईते पछी मृत्यु भएका हरिभुषण प्रसाद कुशवाहाले समेत मर्नु भन्दा अगाडी खुलाएका मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा कहिले भारतको बिभिन्न ठाउँमा कहिले नेपालको बिभिन्न ठाउँमा लुकिछिपी रहेका छन भने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हाल मोरङ्ग जिल्लामा लुकिछिपी बसेका छन भने जानकारी प्राप्त हुन आएको हुँनाले निजलाई जिल्ला प्रहरी कार्यालय बाराको अथक प्रयास पछी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको बिशेष टोलीले मिति २०८१/०८/१२ गते पक्राउ गरी ल्याएको ।
६, निज अभियुक्तहरुलाई ज्यान सम्बन्धि र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको ।