नेपालको एसीसी यू-१९ एशिया कप २०२४ टिम घोषणा, वीरगञ्जका रञ्जित कुमारले स्थान सुरक्षित गर्दै वीरगञ्जवासीलाई गर्व
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१९ एशिया कप २०२४ का लागि नेपालको यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ। यस टिममा वीरगञ्जका प्रतिभाशाली खेलाडी रञ्जित कुमारले आफ्नो स्थान सुरक्षित गरेका छन्। उनको यो चयनले वीरगञ्जवासीहरूलाई गर्व महसुस गराएको छ।
यो प्रतियोगिता आगामी नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा आयोजना हुँदैछ। नेपाली टिमको कप्तानी हेमन्त धामीले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी अर्जुन कुमालले पाएका छन्। मुख्य प्रशिक्षकको भूमिकामा शक्ती गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्।
यो टिमले एशियाका अन्य प्रतिस्पर्धी राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै नेपालको नाम उच्च राख्ने अपेक्षा गरिएको छ। रञ्जितको उत्कृष्ट प्रदर्शनले वीरगञ्जलाई मात्र होइन, सम्पूर्ण नेपाललाई गौरवान्वित बनाउनेमा विश्वास छ।
नेपाल यू-१९ टिमका खेलाडीहरू: १. हेमन्त धामी (कप्तान)
२. अर्जुन कुमाल (उपकप्तान)
३. आकाश त्रिपाठी
४. उत्तम रंगु थापा मगर
५. मयां यादव
६. नरेन साउद
७. उनिश बिक्रम सिंह ठकुरी
८. नरेन भट्ट
९. सन्तोष यादव
१०. युवराज खत्री
११. रोशन बिस्वकर्मा
१२. बिपिन कुमार महतो
१३. राजेश यादव
१४. दयानन्द मण्डल
१५. अपराजित पौडेल
१६. अभिषेक तिवारी
१७. दिलसाद अली
१८. रञ्जित कुमार
नेपाल टिमलाई यस महत्वपूर्ण प्रतियोगितामा सफलता मिलोस् भन्ने शुभकामना।