पोखरा,७ मंसिर । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्।
पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन दुई सय २२ गरी जम्मा छ सय ६२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
घिमिरेविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।