बिरगंज, १ कार्तिक
बाराको प्रसौनी गाउँपालिका-१ नकटुवा नहरको किनारमा एक शव फेला परेको छ। प्रहरीका अनुसार शव बिरगंज महानगरपालिका-३ छपकैयाका बिन्दा साहका छोरा ३५ वर्षीय बिरेन्द्र साह सोनारको रहेको छ।
प्रहरीले जानकारी दिएअनुसार बिरेन्द्र साह सोनार बाराको मुशहर्वामा मेला हेर्न गएका थिए। आइतबारदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गर्न प्रहरीलाई जानकारी गराएका थिए। खोजी कार्यका क्रममा नकटुवा नहरको किनारमा उनको शव फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको
छ।