भारतबाट अबैध रूपमा ल्याइँदै गरेको १० लाखभन्दा बढीको सामान र मोटरसाइकल बरामद

पर्सा, १ कार्तिक । पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वा स्थित विभिन्न सीमा नाकाहरूमा खटिएको सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न प्रकारका सामानहरू र मोटरसाइकल बरामद गरेको छ।

 

सशस्त्र प्रहरी टोलीले सार्वजनिक सवारी साधनमा लोड गरेर नेपाल ल्याइँदै गरेको करिब रु. ८ लाख ७० हजार ९ सय २५ बराबरको किराना, कपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस लगायतका सामानहरू नियन्त्रणमा लिएको हो। साथै, नेपालबाट भारततर्फ बिआर ०५ एन ७०३६ नम्बरको मोटरसाइकलमा लोड गरेर लगिँदै गरेको कस्तुरी मदिरा पनि बरामद गरिएको छ। बरामद मोटरसाइकलको भन्सार मूल्य रु. २ लाख मूल्याङ्कन गरिएको छ।

 

कुल रु. १० लाख ७० हजार ९ सय २५ बराबरको सामानसहित मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

More From Author

बारामा एक शव बरामद ,बिरगंजका युवकको रुपमा पहिचान

हेटौंडा-काठमाडौँ सडक तीन दिनका लागि बन्द, वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *