रवि लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने

काठमाडौँ, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीद्वारा संगठित अपराधको कसुरमा समेत अनुसन्धान हुने भएको छ।

प्रहरीले लामिछानेविरुद्ध अदालतबाट अनुसन्धान गर्न लिएको अनुमतिमा सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न भनिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी गरिएको पत्रमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि अनुसन्धानको सिलसिलामा अदालतले पक्राउ गर्न अनुमति दिएको उल्लेख छ।

More From Author

हेटौंडा-काठमाडौँ सडक तीन दिनका लागि बन्द, वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध

मधेश प्रदेश प्रहरी प्रमुखको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *