वीरगञ्जमा फोटोन इलेक्ट्रिक Van शोरुम सञ्चालमा

नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनीले वीरगंजमा आफ्नो नयाँ शोरुमको भव्य उद्घाटन गरेको छ। यो अत्याधुनिक सुविधासम्पन्न शोरुम वीरगंज महानगरपालिकाको डिपुटी मेयर माननीय इम्तियाज आलमबाट यहि असोज २१ गते आधिकारिक रूपमा सञ्चालनमा आएको छ। Sales Head अनुसार, फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडीहरू वीरगंज शोरुमबाट बिक्री गरिनेछन्, जसमा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधनहरू उपलब्ध हुनेछन्। यसका साथै, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधा पनि उपलब्ध रहेको छ।

शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरूको उपलब्ध छ। फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता), को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ। थप रूपमा, एमएडब्लू वृद्धिले सोकोन मोटर्सको बहुमुखी EC36 भ्यान पनि उपलब्ध गराएको छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन्।

Service Head अनुसार, नेपालमा Foton र Sokon सवारी साधनको आधिकारिक वितरक हो र CATL ब्याट्री र CATL ब्याट्री स्पेयर पार्ट्सको गोदामको आधिकारिक सेवा एजेन्ट पनि हो। प्रतिस्पर्धी सवारी साधनहरूको ब्याट्रीमा पनि सेवा उपलब्ध हुनेछ।

CEO श्री तुषार गुप्ताका अनुसार, ग्राहकलाई सेवा दिन सेल्स एण्ड सर्भिस वीरगंजमा नेटवर्कको विकास गरिनेछ र सबै प्रान्तबाट ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने योजना राखेको बताए ।

नयाँ शोरुममा ग्राहकहरूले डेडिकेटेड Sales टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथ आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन्। यो शोरुम एमएडब्लू वृद्धिको लागि एउटा महत्वपूर्ण कदमको सङ्केत हो जसले ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई बलियो बनाई कम्पनीको उपस्थितिलाई नेपालभर विस्तार गर्दछ। ग्राहकहरूले नयाँ व्यावसायिक सवारी साधनहरूको अनुभव गर्न, वित्तीय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन्।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, उद्योगपति ओमप्रकाश सिकारिया र नेजमुदिन समानी लगायतको उपस्थिति रहेको थियो

More From Author

Why everyone loves Sir Ratan Tata?

मुंबईबाट न्यूयोर्क जानेको एअर इन्डियाको उडानमा बमको धम्की, दिल्ली एयरपोर्टमा अवतरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *