सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुरज रिजालले सरुवा हुनु पूर्व ठूलो मात्रामा लागू औषध बरामद गर्दै पर्सा जिल्लामा ऐतिहासिक सफलता हासिल गरेका छन्।

बिरगंज ,६ पुस ।

सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी सुरज रिजालले सरुवा हुनु पूर्व ठूलो मात्रामा लागू औषध बरामद गर्दै पर्सा जिल्लामा ऐतिहासिक सफलता हासिल गरेका छन्।

मिति २०८१।१०।०६ गते,शनिबार बिहान करिब ८:३० बजे, विशेष सूचनाको आधारमा डिएसपी रिजालको नेतृत्वमा बिरगंज -३ प्रगतिनगरस्थित राजाराम महतो कोईरिले सन्चालन गरेको सृष्टी किराना जनरल स्टोरमा छापामारी गरिएको थियो। छापामारीका क्रममा अवैध रूपमा भण्डारण गरिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल Tramadol Hydrochloride (५० मिलीग्राम) लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

डिएसपी रिजालको कमाण्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले अपरेशन सञ्चालन गरेको थियो। बरामद लागू औषध तथा नियन्त्रणमा लिएको राजाराम महतो कोईरिलाई आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको छ।


डिएसपी रिजालले आफ्नो ८ महिनाको कार्यकालमा करिब २२ करोड रुपैयाँ बराबरका मालसामान बरामद गरी तस्करी नियन्त्रणमा ऐतिहासिक योगदान दिएका छन्। अब पर्सा गुल्मको नेतृत्व डिएसपी लोकेन्द्र सुब्बाले सम्हाल्नेछन्।

सशस्त्र प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा सशक्त सन्देश प्रवाह गरेको यस घटनाले सीमा सुरक्षाको नयाँ मानक स्थापित गरेको छ।

More From Author

वीरगञ्ज सशस्त्र प्रहरीको छापा: ३१ लाख बराबरको अवैध कपडा बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *