नेपालको स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ। अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको सुन आज थप वृद्धि हुँदै १ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
लगातार उकालो लाग्दै गएको सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेपछि बजारमा चर्चा बढेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतार-चढाव र माग वृद्धिका कारण सुनको मूल्य लगातार बढ्दै गएको विश्लेषकहरू बताउँछन्।