संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत असाेज ४ गते न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार अपराह्न काठमाडौँ ओर्लिएका छन्। उनी सवार कतार एयरलाइन्सको जहाज दोहाबाट ४:१३ मा काठमाडौँ आइपुगेको हो।
भीभीआइपीको आगमनले त्रिभुवन विमानस्थलमा सेवा प्रभावित भएको छ। उडान तथा अवतरणहरु रोकिएका छन्।
विमानस्थल कार्यालयका अनुसार आइतबार अपराह्न सवा ४ बजेदेखि ४ बजेर ४५ मिनेटसम्म नोटाम (नोटिस टु एयरम्यान) जारी भएको हुँदा उक्त अवधिमा विमानस्थल बन्द भएको हो।
प्रधानमन्त्री ओली अमेरिकाको ११ दिने भ्रमण सकेर सोमबार स्वदेश फर्केका हुन्।