आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले अद्यावधिक मौसमबारे जानकारी लिन अनुरोध गरेको छ।
बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जन,चट्याङसहित हल्कादेखि भारी वर्षाको सम्भावना छ। राती कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।