चाड पर्व लक्षित सुरक्षा ब्यवस्था चुस्त ।

चाड पर्व लक्षित सुरक्षा ब्यवस्था चुस्त ।

 

बिरगंज ,१३ असोज ।

 

नेपालकै मुख्य नाका मघ्ये एक बिरगंज नाका हो ।बिरगंज नाकाको भन्सार चेकपोस्टमा सशस्त्र प्रहरी बल तैनाथ रहेको छ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत रहेका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएका सशस्त्र प्रहरी बलका जवानहरुले अहोरात्र खटेर देशको सुरक्षा गरिरहेको अवस्था छ।

 

बिरगंज गुल्मका गुल्मपति डिएसपी सुरज रिजालको कमान्डमा सशस्त्र प्रहरीले विशेष सुरक्षा अभियान संचालन गरेका छन ।

दशै तिहार जस्ता महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा सशस्त्र प्रहरीले प्रशिक्षित कुकुरहरूको प्रयोग गरि भन्सार चेकपोस्टमा चेकजाँच गरिरहेको छ।छिमेकी मुलुकहरुबाट बिस्फोटक बस्तुहरु नेपाल प्रवेशमा रोक्न उद्देश्यले चेकजाँचमा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

पटाका ,हातहतियार जस्ता गैरकानुनी बस्तुहरु नेपाल भित्रीन नदिने तथा चाड पर्व सुरक्षित भयरहित मनाउन चेकजाँच सुरक्षा ब्यवस्था चुस्त बनाईएको डिएसपी रिजालले जानकारी दिएका छन् ।

 

डिएसपी रिजालले बिरगंज गुल्मको गुल्मपतिको रूपमा पहिलो पारीको ६ महिने कार्यकालमा करिब १८ करोडको मालबस्तुहरु बरामद गरि भन्सार दाखिला गरे,अब दोस्रो पारीमा १८ देखी २० करोड सम्मको राजस्व संकलन गर्ने प्रतिबद्धता जनाएका छन्

More From Author

Alert: बिहानैदेखि भारी वर्षापछि वीरगन्ज पर्सा पनि ‘रेड जोन’ मा

११ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *