यात्रुहरुको समस्या सुन्न प्रहरी सहायता कक्ष स्थापना

काठमाडौँ,१८ असोज । नेपाल प्रहरीले महान चाड दशैंलाई लक्षित गरी देशको विभिन्न स्थानहरुमा यात्रुहरुलाई पर्न सक्ने समस्यालाई केन्द्रित गरि यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

प्रहरीले चाडपर्वमा यात्रा गर्दा साबिक भाडादर भन्दा बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय, सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै अविरल वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालय अथवा केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

More From Author

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

Leave a Reply

Your email address will not be published. Required fields are marked *